चितवनमा अझै शुरु हुनसकेन मतगणना
चितवन, २२ मंसिर । आज बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि शुरु हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना शुरु हुन ढिलाइ भएको हो । जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना शुरु हुने जानकारी दिनुभयो ।
यसअघि बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो । तर आज बिहान पुनः सर्वदलीय बैठक बसी मतगणना तत्कालै शुरु गर्ने निष्कर्ष निकाले पनि अझै शुरु हुन सकेको छैन ।
बिहानको दलको निर्णयपछि दलका प्रतिनिधिको परिचयपत्र बनाउने लगायत आवश्यक आन्तरिक तयारी थालिएको थियो । आवश्यक तयारीका काम पूरा नहुँदा अहिले १ बजेसम्म मतगणना शुरु हुन नसकेको हो । चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले एक उम्मेदवारको एकजना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिनुभयो ।
चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेको छ । चितवनको भरतपुर माविमा हुने मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणनास्थलमा तारजाली लगाइएको छ भने सिसी क्यामेरा समेत जडान गरिएको छ । रासस
Comments
अरु समाचार
-
फागुन १५ मा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु परिषद्को बैठकले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ। त्रिविका...
-
त्रिविको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने...
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे
काठमाडौं । मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्। त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप...
-
मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। मूल्य बढे सँगै...
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
दैलेखमा पेट्रोलियम अन्वेषणको काम अन्तिम चरणमा, ७० मिटर खन्न बाँकी
काठमाडौं । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन...
-
यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
काठमाडौं । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा...