ताजा समाचार

पानी ट्यांकर जलेर क्षतिग्रस्त

पोखरा,२२ मंसीर । पोखरा लेखनाथ महानगरपालिका १७ स्थित साङ्ग्रिला महतगौंडा मार्गअन्तर्गत विरुवा फाँटमा आज बिहान खानेपानीको एक ट्यांकर पल्टेर आगलागी हुँदा क्षतिग्रस्त भएको छ । खानेपानी लिएर गएको माछापुच्छ्रे बोरिङको ग १ ख २८९६ नंको ट्याङकर बाटाबाट फेवा नहरमा खसेर आगलागी भएको थियो ।

ट्याङकर सडकबाट नहरमा खस्नासाथ आगोको ज्वाला निस्केको र गाडीभित्र च्यापिएका चालक र सहचालकलाई ढोका फोरेर बाहिर निकालिएको स्थानीय बासिन्दा भगवान पोख्रेलले जानकारी दिनुभयो ।  प्रहरी, स्थानीय बासिन्दा र माछापुच्छ्रे खानेपानी बोरिङको अर्को ट्यांकरबाट पानी ल्याई आगो नियन्त्रणमा लिइएको थियो । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org