ताजा समाचार

पूर्व डिआईजी नवराज सिलवाल उदयशमसेरलाई ६ हजार मतान्तरले पराजित गर्दै विजयी

ललितपुर, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । सिलवालले ३६ हजार ९४६ मत ल्याउँदै विजयी भएका हुन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे ।

पूर्व डिअआईजी सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले २० हजार ७२९ मत पाए । आईजीपी बन्नमा सर्वोच्च अदालतले रोकेपछि उनी डिआईजी पदबाट राजिनामा दिएर नेकपा एमाले प्रवेश गर्दै चुनाव लडेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org