ताजा समाचार

समानुपातिक मतगणना: कांग्रेसलाई उछिन्दै एमालेले पहिलो, माओवादी तेस्रो

काठमाडौं, २४ मंसिर । समानुपातिकतर्फको मतगणना चलिरहँदा नेकपा एमाले पहिलो स्थानमा उक्लिएको छ । सुरुवाति चरणमा नेपाली कांग्रेसले अग्रता लिईरहेपनि आईतबार बिहानसम्मको मतगणना अनुसार नेकपा एमाले पहिलो स्थानमा उक्लिएको हो । नेपाली कांग्रेस भने दोस्रो स्थानमा झरेको छ ।

पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा देखिएको छ । राजपा र फोरमले तराईका जिल्लामा खासै राम्रो मत नल्याएपनि पहाडमा राजपाले राम्रो मत ल्याएको छ । कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोग जनाएको छ ।

आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत: 
१. नेकपा एमाले- ७३२९३
२. नेपाली कांग्रेस- ६९८४९
३. माओवादी केन्द्र -३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा-३४८५
६. राप्रपा- २४००
७. विवेकशील साझा- ८३७
८. राप्रपा प्रजातान्त्रिक -६०४
९. संघीय फोरम -४५८

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org