ताजा समाचार

झापा १ मा माओवादी नेता राम कार्की विजयी, विश्वप्रकाशले दिए बधाई

झापा, २५ मंसिर । झापा क्षेत्र नम्बर १ बाट माओवादी नेता राम कार्की विजयी भएका छन् । वाम गठबन्धन तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्र कार्की कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् । कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले यसअघि नै कार्कीलाई बधाई दिएका थिए । कार्कीको जित हुनुपुर्व नै उनले बधाई दिँदै गालामा माला लगाईदिएका थिए ।

शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका थिए । । ‘मैले आफ्नै बगैंचामा फूलेको फूलको टिपेर माला उनेर उहाँलाई लगाएदिएको हुँ’, विश्वप्रकाशले भने, ‘प्रतिष्पर्धामा जीत र हार स्वभाविक छ ।’

कार्कीले भने आफूले विश्वप्रकाशलाई एउटा किताब उपहार दिने योजना बनाएको बताए । ‘समाजवादको विषयसँग सम्बन्धित एउटा पुस्तक छ, मैले विश्व भाईलाई दिने योजना बनाएको छु’, उनले भने, ‘तर, दिन पाएको छैन् । एक दुई दिनभित्रमा दिन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org