ताजा समाचार

प्रतिनिधिसभाका ९३ र प्रदेशसभाका १६२ क्षेत्रको मतगणना सम्पन्न, वाम गठबन्धन हावी

काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन अग्रस्थानमा रहेको छ । १६५ क्षेत्र रहेको प्रतिनिधिसभा तर्फ अहिलेसम्म ९३ सीटको अन्तिम नतिजा आईसकेको छ । अहिलेसम्मको नतिजा अनुसार नेकपा एमालेले ५३ सीटमा विजय हासिल गर्दै पहिलो स्थानमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले २१ सीटमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसले भने ११ सीटमा जित हासिल गर्दै तेस्रो स्थानमा छ । त्यस्तै संघीय समाजवादी फोरम ३, राष्ट्रिय जनता पार्टी २, नयाँ शक्ति र स्वतन्त्र ११ सीटमा विजयी भएका छन् ।

३३० सीट रहेको प्रदेशसभा तर्फ १६२ क्षेत्रको नतिजा आएको छ । प्रदेशसभातर्फ पनि नेकपा एमाले सबैभन्दा धेरै सीट जितेर पहिलो स्थानमा छ । एमाले ८४ सीटमा विजयी भएको छ । त्यस्तै माओवादी केन्द्र ४४, संघीय समाजवादी फोरम ६, राजपा, स्वतन्त्र, नयाँ शक्ति र जनामोर्चाले २२ सीटमा विजय हासिल गरेका छन् । ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभा अन्र्तगत प्रत्यक्षतर्फको १६ जिल्लामा मतगणना सकिएको छ ।

रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ भने बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ । समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, वैतडी र दार्चुला छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org