ताजा समाचार

प्रदीप ज्ञवालीले लिए ०७० मा हारेको बदला, अबिर लगाएर बधाई दिए चन्द्र भण्डारीले

गुल्मी, २४ मंसिर । गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमाले नेता प्रदीप ज्ञवाली विजयी भएका छन् । ज्ञवाली ७ हजार मतान्तरले विजयी भएका हुन् । उनले ३७ हजार ८ सय १४ मत ल्उाँदा नेपाली कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २ सय ५६ मत ल्याए ।

पराजित भण्डारीले बिजयी भएका एमाले नेता ज्ञवालीलाई अविर र टिका लगाएर बधाई दिएका छन् । हार हसज रुपमा स्वीकार गर्दै भण्डारीले ज्ञवालीलाई हार्दिकताका साथ बधाई दिएका हुन् । २०७० सालको निर्वाचनमा ज्ञवाली पराजित भएका थिए ।त्यतीबेला उनले हार स्वीकार्दै भण्डारीलाई बधाई दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org