ताजा समाचार

कैलाली ५ मा देउवा पत्नी आरजु पराजित, एमालेका नारदमुनि विजयी

धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । एमालेका नारदमुनि रानासँग ४ हजार ८ सय ८० मतको अन्तरले पराजित भएकी हुन् ।

विजयी भएका रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् । तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका थिए र ६ हजार ४६४ मत पाएका छन् ।

देउवाले आफुले डबल हृयाट्रिक गर्दा पत्नी पराजितः

अहिलेसम्मका चुनावमा अपराजित यात्रा तय गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले पन्ती आरजूलाई भने जिताउन सकेनन् । पहिलो पटक प्रत्यक्षतर्फबाट चुनावमा होमिएकी आरजू कैलाली क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनी रानासँग पराजित भए । देउवाले डडेल्धुरामा विजय उत्सव मनाईरहँदा पत्नी आरजू भने पराजयका कारण तनावमा छिन् ।

टुरिष्ट उम्मेदवारको ट्याग लागेसँगै ३ करोडमा धनगढीमा नयाँ घर किनेकी आरजूलाई यो चुनाव धेरै महंगो सावित भयो । देउवाजस्तै कहिल्यै पराजय नभोगेका नारदमुनीले यो पाली देउवा पत्नी आरवजूलाई पराजयको स्वाद चखाए । नारदमुनि राना यस्तै राजनीतिक खेलाडी हुन् जसले यस अघि पनि कहिल्यै हार व्यहोर्नु परेन । यसपटक भने उनले प्रधानमन्त्री पत्नी आरजु राणालाई ४ हजार ८८० मतान्तरले हराएर जीतको श्रृंखलामा अर्को प्रमाणपत्र थपे ।

को हुन नारदमुनी ?

धनगढी उपमहानगरपालिका ८ मा २०२९ सालमा सामान्य परिवारमा जन्मिएका नारदमुनि २०५४ सालमा धनगढी नगरपालिकाको उपमेयर भएका थिए । यस्तै पहिलो संविधान सभा २०६४ मा एमालेबाट समानुपातिक सभासद भए । राजनीतिमा मात्र होइन, पढाइमा पनि उनी अब्बल थिए । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका नारदमुनी २०४५ सालबाट वामपन्थी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेर अहिले एमालेका वैकल्पिक केन्द्रीय सदस्य छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org