ताजा समाचार

आशा कोइरालासँग ५ मतले पराजित भएपछि फेरि चुनाव गर्न प्रदीप पौडेलको माग

तनहुँ, २४ मंसिर । नेकपा माओवादी नेतृ आशा कोइरालासँग पराजित भएपछि कांग्रेसका नेता प्रदीप पौडेलले पुनः मतदान गर्न माग गरेका छन् । नेपाली कांग्रेसका युवा नेता पौडेल प्रदेशसभा सदस्य पदको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ को क बाट ५ मतको झिनो मतान्तरले पराजित भएका छन् ।

विना विभागीय मन्त्री समेत रहेकी माओवादी नेतृ कोइरालासँग ५ मतले पराजित भएपछि पौडेलले पुनः मतदानको माग गरेका हुन् । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए । पौडेल लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार थिए भने कोइराला बाम गठबन्धनबाट चुनाव लडेकी थिइन् ।

कोइराला यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् । पौडल नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् । पौडेलले हालसम्मको चुनाव बदर गरी पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका हुन् । पौडेल समर्थकले पुनः चुनाव गर्न माग गर्दै दमौलीमा नाराबाजी समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org