ताजा समाचार

बारा–२ मा संघीय समाजवादी फोरम नेपाल

बारा, सिमरा २४ मंसिर । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहायप्रसाद यादव विजयी हुनुभएको छ । यादवले २८ हजार १८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । क्षेत्र नं २ मा कूल ५९ हजार ९०१ मत खसेको थियो जसमा तीन हजार ५१६ मत बदर भएको छ । नवनिर्वाचित सांसद यादव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव हुनुहुन्छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org