ताजा समाचार

संखुवासभाबाट एमाले नेता राजेन्द्र गौतम विजयी, दिपक खड्का १०४३ मतले पराजित

संखुवासभा, २५ मंसिर । संखुवासभा जिल्लामा प्रतिनिधि सभा तर्फ बाम उम्मेदवार राजेन्द्र गौतम विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्कालाई १ हजार ४३ मतअन्तरले पराजित गर्दै केन्द्रीय सांसदमा निर्वाचित भएका हुन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेमा नेकपा एमाले नेता गौतम पहिलो पटक केन्द्रीय सांसदमा निर्वाचित भएका हुन् ।

यसअघि विभिन्न कारण देखाउँदै मतगणना ६ घण्टासम्म स्थगित गरिएको थियो । कांग्रेस उम्मेदवार खड्काले वदर मतलाई पुनः गणना गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो । मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएपछि बदर मतको संख्या बढ्दै गएपछि दलहरुबीच विवाद सुरु भएको थियो ।

मतगणनाका क्रममा सदर मत बदर र बदर मत सदर गर्दे गएपछि पछिल्लो पटक बिवाद भएको थियो । सर्वपक्षिय छलफलपछि स्थगित गरिएको मतगणना ६ घण्टापछि सुरु भएको थियो । ६९ हजार २ सय ४६ मतदाता रहेको संखुवासभामा ६० हजार ६ सय २० मत खसेको थियो ।

http://news-nepal.com/703262/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org