ताजा समाचार

हालसम्म प्रतिनिधिसभा तर्फ १५७ सिटको नतिजा सार्वजनिक, वामलाई दुई तिहाई बहुमत

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र) ले ३४, नेपाली काँग्रेसले २१, राजपा नेपालले १२, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् । मतगणनाअनुसार अहिले एमाले चार, माओवादी दुई, राजपाका उम्मेदवारले दुई स्थानमा अग्रता लिइरहेका छन् ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्र स्थान लिइरहेको छ । यसैगरी काँग्रेसले आठ लाख ७८ हजार ८२४, माओवादी केन्द्रले तीन लाख ८५ हजार ४३४, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको आयोगको सूचना व्यवस्थापन शाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org