भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपाल जाने
चितवन, २७ मंसिर । चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आगामी सोमबार प्राविधिकसहितको टोली त्यसतर्फ जाने तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्दियाको बबई नदीमा भाले घडियालको खोजी गरिने छ ।
त्यसैगरी कर्णाली नदीको भारतीय सीमा क्षेत्रमा पनि भाले गोहीको खोजी गरिने उहाँले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका भाले यहाँ ल्याउन मिल्न/नमिल्नेबारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उपलब्धताका आधारमा दुई/तीनवटा भाले ल्याउने योजना रहेको छ । टोलीमा प्रमुख संरक्षण अधिकृत कँडेल, सहायक संरक्षण अधिकृत बेदबहादुर खड्कासहित प्राविधिकहरु रहनेछन् । त्यसैगरी सहयोगी संस्थाका प्रतिनिधि पनि टोलीमा सहभागी हुने कँडेलले जानकारी दिनुभयो ।
निकुञ्जसँग रहेका राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल गोही मरेपछि अन्यत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको हो । भाले गोही मरेसँगै संकटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समेत समस्या देखिएको छ । राप्ती नदीमा रहेको एउटा भाले घडियाल गत जेठ महिनामा मरेपछि राप्ती र नारायणीमा रहेका पोथी प्रजननको अवसरबाट वञ्चित भएका हुन् । चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण केन्द्रमा प्रजननयोग्य १२ वटा पोथी घडियालका लागि पनि एउटा मात्र भाले रहेको सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिनुभयो । बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीनवटा भाले घडियाल रहेको अनुमान गरिएको छ । रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...