‘राजनीतिक दलसँग मिलेर देशको विकास गर्ने :ईश्वर पोखरेल
काठमाडौँ, २७ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताउनुभएको छ । आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताउनुभयो । “हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ ।” उहाँले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास गर्न आग्रह गर्नुभयो ।
काठमाडौँ क्षेत्र नं ५ मा विजय हुनुभएका महासचिव पोखरेलले आफूले कुनै पनि विकास निर्माणलाई कति पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मतदाताको सुझावका आधारमा आफूले उक्त निर्वाचन क्षेत्रमा काम गर्ने बताउनुभयो । निर्वाचनको परिमाणले राजनीतिक स्थायित्व दिएको भन्दै उहाँले भन्नुभयो, “अब सरकारले ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ ।” रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...