ताजा समाचार

उपराष्ट्रपति पुत्र दिपेश ७२ घण्टापछि आईसीयुबाट जनरल वार्डमा सारिए

काठमाडौं, २७ मंसिर । दुर्घटनामा परी गम्भीर घाईते भएका उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनलाई आईसीयुबाट जनरल वार्डमा सारिएको छ । पुनलाई ७२ घण्टापछि आईसीयुबाट जनरल वार्डमा सारिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उपाध्यक्ष समेत रहेका दिपेश रोल्पाबाट काठमाडौ फर्कने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटनामा परेका थिए । दिपेश चढेको गाडीको ब्रेक फेला हुँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाईते भएका दिपेशलाई उपचारको लागि तीन दिन अगाडि राजधानीको ग्राण्डी अस्पतालको आईसीयूमा राखिएको थियो । तीन दिन अघि आईसीयूमा उपचारत दिपेशलाई ७२ घण्टापछि आज दिउँसो १ बजे जनरल वार्डमा सारिएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तिमगरले जानकारी दिए ।

‘अहिले दिपेशको स्वास्थ्यमा सुधार आएको छ । ७२ घण्टापछि आज आईसीयूबाट जनरल वर्डमा सारिएको हो,’ मनोजले भने, ‘टाउँकोमा घाउ भएको कारण चिकित्सकले कम बोल्न सुझाव दिएका छन् । चिकित्सकहरुले कही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org