ताजा समाचार

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

पोखरा, २८ मंसिर । कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै १२ जना महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ क मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित हुनुभयो उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि थोरै मत ल्याएका थिए ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालकी रत्न भट्टचन र नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा पनि चुनावी प्रतिस्र्धामा उत्रिनुभएको थियो । यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनकी ज्ञानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीस मगर, (ख) मा संघीय समाजवादी फोरम नेपालकी काशीमाया गुरुङ, प्रदेश नं २ (क) मा राप्रपाकी विष्णु खड्का, ख मा नेपाल दलित पार्टीकी मिठु परियार, प्रदेश नं ३ (ख)मा नेपाल दलित पार्टीकी कमला विक र राप्रपाकी धनुमाया कोइराला आचार्य पनि प्रतिस्पर्धी बन्नुभएको थियो । जिल्लाभर प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका सदस्यका लागि छ निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित ९५ जना चुनावी प्रतिस्पर्धामा थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org