स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अवस्थामा सुधार
पाल्पा, २८ मंसिर । जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाको अवस्थामा सुधार आएको पाइएको छ । महिलामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलाको संख्या बढ्दो छ । स्वास्थ्य कार्यालयले २०६८ बाट जिल्लामा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलालाई ठूलो सघाउ पुगेको हो ।
नेपालमा करिब ६० प्रतिशत महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको तथ्यांक छ भने पाल्पा जिल्लामा ८५ प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । सरकारले उपलब्ध गराएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराउनेलाई रु ४०० प्रदान गर्न थालेपछि स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेको उहाँले बताउनुभयो ।
रामपुरकी लक्ष्मी रानाले तीन वटा बच्चा स्वास्थ्य संस्थामा नै गएर जन्माउनुभयो । “स्वास्थ्य संस्थामा नै गएर तीनपटकसम्म बच्चा जन्माउँदा यातायात खर्च एक/एक हजार र चारपटक गर्भ परीक्षण गराएको चार/चार सय रकम र बच्चा तथा आमाका लागिसमेत कपडा बुझेको छु”, उहाँले भन्नुभयो । सुरक्षित तरिकाले सुत्केरी हुन पाएपछि आमा र बच्चाको ज्यान जोखिमुक्त हुने हुँदा स्वास्थ्यमा नै गएर बच्चा जन्माउन अरुलाई पनि सल्लाह दिने गरेको लक्ष्मीले बताउनुभयो ।
जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको छ । यी स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी गराउने व्यवस्था छ । जिल्लाको मिशन अस्पताल तानसेनमा आमा सुरक्षा कार्यक्रम लागू नभए पनि त्यहाँबाट पनि सुरक्षित सुत्केरी गराउने व्यवस्था छ ।
आव २०७३/७४ को असार मसान्तसम्ममा लुम्बिनी मेडिकल कलेज प्रभासमा दुई हजार ३५९, मिशन अस्पतालमा दुई हजार ९३, रामपुर अस्पतालमा २४१, मदनपोखरा स्वास्थ्य चौकीमा ११८, ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा ८८, छहरा प्राथमिक स्वास्थ्य चौकीमा ७३ र अन्य अस्पतालमा गरी पाँच हजार ३३७ जना स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका छन् । कार्यालयको तथ्यांकअनुसार २०७१/७२ मा छ हजार ५०० र २०७२/७३ मा छ हजार ३०० महिला स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएकाले जिल्लामा पछिल्लो समय मातृशिशु तथा नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको हो । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...