गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी
तेह्रथुम, २८ मंसिर । तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफापोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । पोखरीको अस्तित्व संकटमा पर्दै गएपछि स्थानीयवासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ । अवलोकनका लागि आउने आन्तरिक पर्यटकसँग स्थानीयवासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न थालेका छन् ।
संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित सो पोखरीको संरक्षणका लागि तत्कालीन जिल्ला विकास समितिले छुट्याएको रु पाँच लाखबाट हाल पोखरी परिसरमा घेरबार गरिएको छ । सो रकमले पोखरी परिसरमा ३९० मिटर घेरबार लगाइएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो । “अब पानीको स्रोत जुटाउनु छ, स्रोतको पहिचान गर्ने क्रममा छौँ”, उहाँले भन्नुभयो । प्राकृतिकरुपमा बनेको आकर्षक गुफापोखरीमा पर्यटक र नजिकमा बस्ती विकास हुँदै जाँदा फोहर बढ्दो छ । वर्षेनी मौसम परिवर्तन हुँदै पानीको मुहान सुक्दै गएको छ ।
पाँच वर्ष अघिसम्म भरिभराउ हुने सो पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवामात्रै देखिन्छ । पानीको मुहान पहिचान गरेर तत्कालै पोखरीमा पानी बढाउन आफूहरु प्रयत्नशील रहेको अध्यक्ष लिम्बूले बताउनुभयो । प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले टिएमजे क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्छ । टिएमजे क्षेत्रको पदमार्ग भएर वर्षेनी हजारौँ पर्यटक ओहोरदोहोर गर्छन् । उक्त क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे वन, डाँडाकाँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटक आउँछन् ।
टिएमजेको सबैभन्दा ठूलो र महत्वपूर्ण पोखरी गुफापोखरी नै हो । पोखरीको छेउमा सानो बस्ती छ । गुफापोखरी नजिकै भएकाले बजारको नाम पनि गुफाबजार राखिएको छ । पर्यटकीयस्थल भएकाले सो बजारमा होटल व्यवसाय सञ्चालन गरी १६ घरधुरी बस्दै आएका छन् । तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रमा पहिले प्रशस्त हिउँ पर्ने भएकाले पोखरीमा बाह्रै महिना टिलपिल पानी हुन्थ्यो । अहिले हिउँ पर्न छाडेकाले पानी सुक्दै गएको चैनपुर नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले बताउनुभयो । पाँच वर्षयता हिउँ कम पर्न थालेको उहाँले बताउनुभयो । “पोखरीभित्रको बालुवा निकाल्ने र चारैतिर घुम्ने तथा हेर्ने ठाउँ बनाउने योजना छ,” उहाँले भन्नुभयो ।
वडाध्यक्ष श्रेष्ठका अनुसार पहिले आसपासका २० घरधुरीले त्यही पोखरीको पानी प्रयोग गर्थे । मानिसको चाप बढ्दै जाँदा जंगलसमेत फँडानी भएकाले वृक्षरोपण गर्ने योजना रहेको छ । पोखरी बाहिरपट्टि लालीगुराँस र अन्य विभिन्न फूलका बिरुवा रोपिएको छ । फूलका बिरुवा ठूला भएपछि पोखरी आसपास गुराँससहित आकर्षक फूल फुलाएर ढकमक्क बनाउने योजना रहेको स्थानीयवासी सुनाउँछन् । पोखरी नजिकै मेन्छ्यायेम डाँडा छ । डाँडाको पछाडिपट्टि ऐतिहासिक गुफा छ । सोही गुफाको आधारमा पोखरीको नाम पनि गुफापोखरी राखिएको स्थानीयवासी बताउँछन् । सो गुफाको संरक्षण गरी प्रचारप्रसार गर्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । सोही गुफासँगै पोखरी र बजारको अस्तित्व जोडिएकाले गुफालाई प्राथमिकतामा राखेर संरक्षण गरी पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीयवासी धर्के शेर्पा बताउनुहुन्छ ।
“यहाँको गुफा र पोखरीले टिएमजे क्षेत्रकै ऐतिहासिक विशेषता बोकेको छ, यिनै पोखरी र गुफा पर्यटक भुलाउने वस्तु हुन्”, शेर्पा भन्नुहुन्छ, “यिनैलाई संरक्षण नगरे हामी कसरी संरक्षित हुने रु” टिएमजे क्षेत्रका तीनजुरे डाँडा, पाथीभरा र यहाँका उच्च क्षेत्रका बस्ती अवलोकन गर्दै पर्यटक जावतजावत गर्छन् । प्राकृतिक पोखरी, आकर्षक डाँडाकाँडाका कारण टिएमजे पर्यटकीयस्थल बनेको हो । कञ्चनजंघा हिमालको आधार शिविर र तमोर नदीमा जलयात्रा गर्ने पर्यटकसमेत यही क्षेत्र भएर यात्रा गर्छन् । ती पर्यटकलाई एक दुई दिन गुफापोखरीमै घुम्न पुग्ने गरी पूर्वाधारको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । अहिले यहाँको पदमार्ग भएर तमोरमा जलयात्रा गर्न आउनेको संख्या बढेको छ ।
तेह्रथुमको वसन्तपुरहुँदै गुफापोखरीसम्म सडक पुगिसकेको छ । सो सडकलाई मदन भण्डारी राजमार्गको नामकरण गरी निर्माण गर्ने सरकारी योजना रहेको छ । अहिले निर्माणाधीन सो सडक भएर ताप्लेजुङको दोभानदेखि गुफापोखरी, वसन्तपुरहुँदै धरानसम्म सिधा यातायात सञ्चालन हुन थालेको छ । “सडकको ट्र्याक बनेकै छ, अब भरपर्दो सडक बनुञ्जेल यहाँ पर्यटकलाई एक दिन अल्मलिने पूर्वाधार खडा गर्नुपर्ने हाम्रो जिम्मेवारी छ, हामी प्रयत्नरत छौँ”, स्थानीयवासी हरि खनालले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












