ताजा समाचार

इलाममा बेवारिसे तीन थान पेस्तोल फेला

 

 

इलाम, २८ मंसिर ।  निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ । इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको कमाण्डमा खटिएका टोलीले तीन थान इन्डियन पेस्तोल र आठ राउण्ड गोलीसमेत फेला पारेको प्रहरीले जनाएको छ । निर्वाचनमा कडाइ गरिएपछि कसैले बेबारिसे अवस्थामा पेस्तोल र गोली छोडेको हुन सक्ने प्रहरीको अनुमान छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org