ताजा समाचार

यी हुन् राष्ट्रपतिविरुद्ध फेसबुकमा गाली गर्ने २० बर्षे बानिया, ५ महिनापछि पक्राउ

काठमाडौं, २८ मंसिर । राष्ट्रपतिलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तनहुँ बन्दीपुर ३ घर भएका २० वर्षीय विवेक बानियालाई पक्राउ गरेको हो । बनिया ट्रिनिटी कलेजमा अध्ययनरत बानिया कांग्रेस निकट विद्यार्थी नेविसंघमा आवद्ध छन् ।

गत असारमा फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेखेपछि फरार रहेका बानिया काठमाडौंबाट पक्राउ परेको व्यूरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठले जानकारी दिए । पक्राउ गरेका बानियालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

साइबर कानूनको अभावमा यस्ता विषयलाई इकमर्स (इलेक्ट्रोनिक कारोबार) लाई व्यवस्थित बनाउन ल्याइएको यो कानुनको दफा ४७ अनुसार मुद्दा चलाइने गरेको छ। ऐनको दफा ४७ मा कानुन विपरीतका काम विद्युतीय माध्यमबाट गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। कुनै निश्चित मापदण्ड र परिभाषा नभएको कारण यही दफा ४७ प्रयोग गरेर प्रहरीले सबै खालका साइबर अपराधको सम्बोधन गर्दै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org