ताजा समाचार

एक लाख रुपैयाँ घुससहित मालपोतका सुब्बा काफ्ले रंगेहात समातिए

भक्तपुर, २८ मंसिर । मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा देवराज काफ्ले एक लाख घुससहित पक्राउ परेका छन् । मालपोतको रजिष्ट्रेसन फाँटमा कार्यरत काफ्लेलाई कार्यालयको भुइँतलामा घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नंखेलस्थित जग्गाको डोर पास गर्ने क्रममा आवश्यक १५ हजार दस्तुर बुझाइसकेपछि पनि थप एक लाख घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । काफ्लेमाथि थप अनुसन्धान भैरहेको पनि अख्तियारले जानकारी दिनएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org