जेलबाटै नयाँ पार्टी खोल्दै संजय साह ‘टक्ला’, राजेन्द्र महतो मधेशी नभएको दाबी
जनकपुर, २९ मंसिर । जेलबाटै राजनीतिमा हस्तक्षेप गरिरहेका पूर्व सांसद संजय साह ‘टक्ला’ नयाँ पार्टी खोल्ने तयारीमा लागेका छन् । जनकपुर वम काण्डको आरोपमा जेल जीवन विताईरहेका ‘टक्ला’ले आफ्नै नेतृत्वमा राजनीतिक दल खडा गर्ने तयारी थालेका हुन् ।
जेलमै बसेर मधेशको राजनीतिमा हस्तक्षेप गर्दै आएका ‘टक्ला’ ले राजनीतिक दल खोल्ने तयारी थालेका हुन् । ‘मधेश क्रान्ति फोरम’ नामक सामाजिक तथा सांस्कृतिक संगठन बनाएका साहले उक्त संगठनलाई राजनीतिक दलमा रुपान्तरित गर्ने भएका हुन्।
पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालबाट धनुषा ४ बाट चुनाव जितेका साह दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट जिते। तर, पार्टी भने फेरियो। फोरमबाट उनी सद्भावना पार्टीतिर लागे। सद्भावनाका वरिष्ठ उपाध्यक्षसमेत रहेका साह स्थानीय निकायको निर्वाचनसम्म राष्ट्रिय जनता पार्टीमा सक्रिय थिए। साहको सहयोगमा जनकपुर उप महानगरपालिकामा राजपाले अत्यधिक मत सहित मेयरमा विजय भयो ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले साहलाई ुपेलेर गएपछिु उनी महतोको विरुद्धमा उभिए। महतोले आफूविरुद्ध षड्यन्त्र गरेर क्षेत्र कब्जा गर्न खोजेको र आफ्नो राजनीति नै समाप्त पार्न खोजेको भन्दै निर्वाचनमा साह समूहले महतोको विरोध जनायो ।
निर्वाचन सकिएलगतै साहले मधेश क्रान्ति फोरमलाई राजनीतिक दलको रुपमा अगाडि बढाउने निर्णय लिँदै दुई नम्बर प्रदेशका जिल्लाहरुमा संगठन बिस्तार गर्न थालेका छन्। बिहीवार जनकपुरधाममा मधेश क्रान्ति फोरमको विस्तारित बैठक राखेर सबै जिल्लामा संगठन बिस्तार गर्ने निर्णय भएको क्रान्ति फोरमका धनुषा संयोजक नविन यादवले जानकारी दिए ।
यादवले संगठन बिस्तारका क्रममा पहिलो चरणमा दुई नम्बर प्रदेशमा मधेश जागरण अभियान चलाइने बताए । ‘दुई नम्बर प्रदेशमा मधेशवादी शक्तिको नाममा राजपा र फोरम नेपालले भोट पाएको छ। तर, उनीहरु मधेशवादी होइनन्। उनीहरुले मधेशवादलाई बिर्सेका छन्। त्यसैले अब संजय साहको नेतृत्वमा मधेश क्रान्ति फोरमले मधेशवादको बिस्तार गर्नेछ,’ यादवले भने, ‘उहाँ जेलमा भए पनि हामी बाहिर रहेकाले संगठन चलाउँदैछौं।’
जनकपुरधाम क्षेत्रबाट लगातार दुई पटक सांसद निर्वाचित ‘टक्ला’ले निर्वाचनमा हस्तक्षेपकारी भूमिका खेलेका थिए ।जनकपुरधाम बम काण्डमा मुछिएर पुर्पक्षका लागि काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका साहलाई निर्वाचनकै समयमा सुरक्षाको दृष्टिकोणले जनाउँदै सिरहा जेलमा पुर्याईएको थियो ।
जसले गर्दा उनलाई जनकपुरको राजनीतिमा हस्तक्षेप गर्न सजिलो भयो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको दौरान उनले नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका विमलेन्द्र निधिलाई सहयोग गरेका थिए ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...