ताजा समाचार

कमल थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिए, सच्चिएर अघि बढ्ने उद्घोष

काठमाडौं, २९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम अकल्पनीय एवं अत्यन्त निरशाजनक आएको भन्दै त्यसको नैतिक जिम्मेवारी आफुले लिएको बताएका हुन् ।

राप्रपा अध्यक्ष थापाले शुक्रबार विज्ञप्ति जारी गरी मतादेशलाई शिरोधार्य गर्ने बताए् । निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।’

पार्टीको बैचारिक पक्ष एवं कार्यशैलीमा सुधार आवश्यक देखिएको भन्दै राप्रपा अध्यक्ष थापाले अब के गर्ने भन्नेमा केन्द्रिय कार्यसमिति छलफल गर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन ।’

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको छ । अध्यक्ष थापा आफैं मकवानपुर १ मा पराजित भए । समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन । राप्रपा अध्यक्ष थापाले यस निर्वाचनबाट ठूलो पार्टी भएकोमा नेकपा एमालेलाई बधाई समेत दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org