ज्येष्ठ नागरिकलाई न्यानो कम्बल
डोल्पा, २ पुस । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै सात महिनापछि बल्ल त्रिपुरासुन्दरी नगरपालिकाको १ नं वडा कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । वडा कार्यालय निश्चित ठाउँमा नहुँदा वडा नं १ का नागरिकहरु वडा सचिव र अध्यक्षलाई भेट्न सार्वजनिक बाटो र होटल चाहार्दै हिँड्नु परेको अवस्थामा कार्यालय सञ्चालनमा ल्याइएपछि सरकारी सेवा लिनलाई सर्वसाधारणलाई सहज हुने आशा गरिएको छ ।
एघार वटा वडा रहेको त्रिपुरासुन्दरी नगरपालिकाका अन्य १० वटा वडामा औपचारिक रुपमा वडा कार्यालय सञ्चालनमा आउन सकेका छैनन् । सबै वडाका अध्यक्ष तथा सचिवले अनौपचारिक रुपमा सम्पूर्ण सरकारी सेवा सुविधा सम्बन्धित वडाबाटै दिइरहेको र आउने फागुन महिनाभित्रै १० वटै वडामा औपचारिक रुपमै कार्यालय स्थापना गरेर सेवालाई प्रभावकारी बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरालाले बताउनुभयो ।
वडा कार्यालयको उद्घाटन गर्दै प्रमुख ओमबहादुर बुढाले निर्वाचित प्रतिनिधिहरुलाई कोही कसैलाई आग्रह पूर्वाग्रह नराखी सर्वसाधारणलाई सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । वडा कार्यालय उद्घाटनको अवसर पारेर वडा नं १ भित्रका ७० वर्ष पुगेका २५ महिला र १७ पुरुष गरी ४२ वृद्धवृद्धालाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको थियो ।
७५ वर्षीय वृद्ध विष्णुरुद्र उपाध्यायले आफूहरुलाई सम्मानस्वरुप पटक पटक न्यानो कपडा कम्बल र भत्तासमेत दिन थालेपछि जीवन निर्वाहमा सहज भएको बताउनुभयो । एकल महिला चाउरी सर्केनीले आफ्ना पति परलोक भएको नौ वर्ष भएको र आफ्ना छोराबुहारीले अनेक गालीगलोज गरिरहेका बेला सरकारले उपलब्ध गराउँदै आएको वृद्धभत्ता र कम्बलले आफूलाई एक्लो महसुस नभएको बताउनुभयो ।
सो अवसरमा साविकको गाविस हुँदाको अवस्था र हालको नगरपालिकाको संरचना हुँदा पनि लामो समयसम्म जनता र कार्यालयको काममा उत्कृष्ट सेवा गरेबापत वडाका सहायक लेखापाल हरिचन्द्र हमाल र कार्यालय सहयोगी देवसिंह थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












