ताजा समाचार

वामगठबन्धन छोड्न माओवादी केन्द्रलाई कांग्रेसको प्रस्ताव, अब माओवादीले के गर्ला ?

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसले वाम गठबन्धन छोड्न माओवादी केन्द्रलाई प्रस्ताव गरेको खुलासा भएको छ । पार्टी एकिकरण गर्ने भन्दै चुनावी तालमेल गरेर अगाडि बढेका नेकपा एमाले र माओवादी केन्द्रलाई कांग्रेसले टुक्राउन अनेकन प्रयास गरिरहेको खुलेको हो ।

वाम गठबन्धन छोडेर कांग्रेससँग मिलेर नयाँ सरकार बनाउन कांग्रेसबाट प्रस्ताव आएको माओवादी केन्द्रका प्रभावशाली युवा नेता बर्षमान पुन ‘अनन्त’ले जानकारी दिए । माओवादी केन्द्रलाई वाम गठबन्धन छाडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न कांग्रेसले प्रस्ताव गरेको खुलासा गरेका हुन् ।

‘नेपाली कांग्रेसले वाम गठबन्धन छोडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न माओवादी केन्द्रलाई प्रस्ताव गरेको छ,’ उनको भनाई छ,‘ यद्यपि वर्तमान परिस्थितिमा वाम गठबन्धन तोड्ने माओवादीको कुनै चाहाना छैन्।’

वाम गठबन्धनलाई जनताले चुनावबाट अनुमोदन गरिसकेको भन्दै नेता अनन्तले अब अन्य कुरामा लाग्न नहुनेमा जोड दिए । ‘पार्टी एकता, स्थायित्व र समृद्धिका लागि लाखौं मतदाताले समर्थन जनाएका छन्,’ उनको भनाई छ,‘ यदि कोही त्यस उदेश्य विपरित जान्छ भने त्यो देश विकास र वाम गठबन्धन मार्फत पार्टी एकतासम्म पुग्ने निर्णय विपरित हुन्छ ।’

दुई कम्प्युनिष्ट पार्टीहरुले चुनाव पहिले घोषणा गरे अनुरुप दुई पार्टीबीच एकता नहुने को कि भन्ने आशंका उब्जि रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने नेताबाट यस्तो धारणा आएको हो। वाम गठबन्धन बनाउँदा प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपाले गर्ने सहमति दुई पार्टीबीच भएको दावी गरे ।

‘यदि माओवादीका नेता प्रधानमन्त्री भए एमाले नेता पार्टी अध्यक्ष हुने र एमाले नेता प्रधानमन्त्री भए माओवादी नेता प्रार्टी अध्यक्ष हुने नै त्यो बेला सहमतिको मुख्य आधार हो,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org