एमाले अध्यक्ष ओलीले रसुवागढी पुगेर चीनतिर हेर्दै भने, ‘देशमा परिवर्तनको खाँचो छ’
रसुवागढी, ४ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र सुवास नेम्वाङ उत्तरी सीमा नाका रसुवागढी पुगेका छन् । दुई वर्षअघि नेपाल–चीन ऐतिहासिक पारवहन सन्धी र रेल्वे सम्झौता गरी आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा लोकप्रियता कमाएका ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका थिए ।
प्रधानमन्त्री बन्नुअघि उत्तरी नाका केरुङ नाका निरीक्षण गर्न ओली अचानक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीको प्रधानमन्त्रीत्व कालमै नेपाल भ्रमणको तयारीमा रहेर पछि सरकार परिवर्तनका कारण भ्रमण स्थगित गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्च महिनामा नेपाल भ्रमणमा आउने खवर आउनु र ओलीको केरुङ नाका निरीक्षणलाई जोडेर हेर्न थालिएको छ । ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल पनि छन् ।
देशमा तीब्र परिवर्तनको खाँचोः
रसुवागढी निरीक्षणपछि ओलीले देशमा तीव्र परिवर्तनको खाँचो रहेको बताएका छन्। टिमुरेमा आयोजित स्वागत तथा बधाई कार्यक्रमम उनले यस्तो बताएका हुन्। ओलीले भने, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि परिवर्तनको खाँचो छ। राष्ट्र सेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अब परिवर्तन जरुरी छ।’ उनले अब देशमा बाम नेतृत्वमा सरकार र विकासका पाइला अघि बढ्ने बताए।
तस्बिरः चेतन अधिकारीको फेसबुकबाट
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...