ताजा समाचार

एमाले अध्यक्ष ओलीले रसुवागढी पुगेर चीनतिर हेर्दै भने, ‘देशमा परिवर्तनको खाँचो छ’

रसुवागढी, ४ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र सुवास नेम्वाङ उत्तरी सीमा नाका रसुवागढी पुगेका छन् । दुई वर्षअघि नेपाल–चीन ऐतिहासिक पारवहन सन्धी र रेल्वे सम्झौता गरी आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा लोकप्रियता कमाएका ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका थिए ।

प्रधानमन्त्री बन्नुअघि उत्तरी नाका केरुङ नाका निरीक्षण गर्न ओली अचानक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीको प्रधानमन्त्रीत्व कालमै नेपाल भ्रमणको तयारीमा रहेर पछि सरकार परिवर्तनका कारण भ्रमण स्थगित गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्च महिनामा नेपाल भ्रमणमा आउने खवर आउनु र ओलीको केरुङ नाका निरीक्षणलाई जोडेर हेर्न थालिएको छ । ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल पनि छन् ।

देशमा तीब्र परिवर्तनको खाँचोः

रसुवागढी निरीक्षणपछि ओलीले देशमा तीव्र परिवर्तनको खाँचो रहेको बताएका छन्। टिमुरेमा आयोजित स्वागत तथा बधाई कार्यक्रमम उनले यस्तो बताएका हुन्। ओलीले भने, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि परिवर्तनको खाँचो छ। राष्ट्र सेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अब परिवर्तन जरुरी छ।’ उनले अब देशमा बाम नेतृत्वमा सरकार र विकासका पाइला अघि बढ्‍ने बताए।

तस्बिरः चेतन अधिकारीको फेसबुकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org