ताजा समाचार

वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा, करोडौंको क्षती

वीरगञ्ज, ५ पुस । वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । वीरञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आज विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

आगो नियन्त्रणमा आएपछि त्यसक्षेत्रको जनजीवन केही सामान्य बनेको छ। आगलागी नियन्त्रणमा आएसँगै सुरक्षाकर्मी उद्योगभित्र प्रवेश गरेका छन्। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

भारतबाट ल्याइएको ग्यास बुलेटबाट उद्योगको ट्याङ्कीमा ग्यास भर्ने क्रममा आगलागी भएको थियो। मंगलबार राति उद्योगमा ग्यास बुलेट बोकेर ४ वटा भारतीय बुलेट आएका थिए।

ती मध्ये एउटा बुलेट आगलागीबाट ध्वस्त भएको छ भने तीन वटा बुलेटका टायरमात्र जलेका छन्। त्यस्तै आगलागीबाट ग्यास ओसार्न प्रयोग गरिने दुई वटा मिनिट्रक पनि नष्ट भएका छन्। घाइते मध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने एक जनाको वीरगंजमा उपचार भइरहेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org