खानेपानीको विषय नारामा मात्रै सिमित, सडकको अवस्था पनि उस्तै
बनेपा, ६ पुस । “काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नुपर्यो, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भयो, सडकको अवस्था उस्तै छ, विजयी भएपछि पनि उम्मेद्वार सधैँ गाउँ आउने वातावरण हुनुपर्छ ।”
जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुग्दा मतदाताले गरेका यी आग्रह हुन् । आफूले मतदातासँग गरेको वाचा पूरा गर्न र विकास, निर्माणका कामलाई प्रभावकारी बनाउन सांसदहरुलाई अनुरोध गर्दै अब पनि विकास, निर्माणका कामले प्राथमिकता नपाए जिल्लाका लागि दुर्भाग्य हुने मतदाताले सुझाए ।
धुलिखेल नगरपालिका–५ का दयाराम महतले पुरानो सिन्धुली जाने बाटो (आरटिओ) सडकलाई बिपी राजमार्गसँग जोडेर सञ्चालन गर्न आग्रह गरेको जानकारी दिँदै अब सांसदले गर्ने कामबारे मतदातालाई जानकारी दिनुपर्छ भन्नुभयो । उहाँले पुनःनिर्माणका सामग्री पहिलेभन्दा महँगो भएकाले भूकम्पपीडितका लागि आउने राहत रकम अहिलेको अवस्थामा कम हुने बताउनुभयो ।
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिदिन आग्रह गरेको जानकारी दिँदै सडकको स्तरोन्नति, खानेपानीको अभाव र सिँचाइको व्यवस्थापन गरिदिन मतदाताले अनुरोध गरेको बताउनुभयो ।
एकसाता यतादेखि सो क्षेत्रअन्तर्गतको प्रदेशसभाका सांसद रत्न ढकाल, चन्द्र लामासहित संयुक्त वाम गठबन्धनको टोलीले रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिकाका मतदातालाई धन्यवाद दिन पुगिसकेको र जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि र महाभारत शृङ्खलाको डाँडापारि क्षेत्रका मतदातासँग घेटघाट गर्न बाँकी रहेको जानकारी दियो ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित सांसद गोकुल बास्कोटासहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इं, लक्ष्मण लम्सालको टोली पनि नगरपालिकाका विभिन्न क्षेत्रका मतदातासँग भेटघाँटमा व्यस्त छ ।
प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इंले मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न आफूहरु तत्पर भएको उल्लेख गर्दै सडक, खानेपानी, शिक्षा र स्वाथ्यका विषयलाई मतदाताले प्राथमिकताका साथ उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाताले प्रदेश राजधानी बनाउने विषयलाई पनि चासोका साथ हेरेका छन् ।”
दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचन भएको सोे जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका कूल दुई लाख ७२ हजार २९२ मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सबै नयाँ अनुहारका प्रतिनिधि निर्वाचित गराएका छन् । रासस
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












