ताजा समाचार

जनताले ठूलो जिम्मेदवारी दिएकाले राष्ट्रलाई जोड्न सबैसँगै सहकार्य गछौंः प्रचण्ड

काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाई जोड्न सबैसँगै सहकार्य गर्ने बताएका छन् ।
सिंगो राष्ट्रलाई एकतावद्ध गरी जोड्नका लागि जनताले जिम्मेवारी दिएको भन्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धन बाहेकका राष्ट्रिय दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए ।

‘चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बनेका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने,’सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यसैबीच एकल संक्रमणीयको विवादका सम्बन्धनमा प्रचण्डले विवाद गर्नेपर्ने कुरा नभएको बताएका छन् । नयाँ चुनावबाट जनताले फैसला गरिसकेको भन्दै संविधानमा भएको कुरालाई दोहोरो ब्याख्या गर्न जरुरी नभएको बताएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org