ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदीले एकाएक किन गरे देउवा, ओली र प्रचण्डलाई टेलिफोन ?

काठमाडौं, ६ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग टेलिफोन सम्वाद गरेका छन् । मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन सम्वाद गरेका हुन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले यसको पुष्टि गरेपनि के विषयमा कुराकानी भएको थियो भन्ने जानकारी नभएको बताए ।

भारतीय मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा रविशकुमारले यस्तो जानकारी दिएका हुन्। ‘म यहाँ कार्यक्रममा भएको बेला टेलिफोन कुराकानी भएकाले के बिषयमा कुराकानी भयो मलाई थाहा भएन,’ उनले भनेका छन्।

फोनमा मोदीले प्रधानमन्त्री देउवालार्इ निर्वाचन सम्पन्न गरेकोमा बधार्इ दिएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोविन्द परियारले जानकारी दिए । फोनमा मोदीले निर्वाचन एेतिहासिक भएको र यसले लामो समयदेखिको संक्रमणकालको अन्त्य गरेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org