स्पेनमा भएको मध्यावधिक चुनावमा स्वतन्त्र क्याटालोनिया पक्षधर पार्टीलाई बहुमत
काठमाडौं, ७ पुस । क्याटालोनियामा भएको मध्यावधिक चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत सिट जितेका छन् । स्पेनको स्वायत्त राज्य क्याटालोनियाको संसदका लागि भएको मध्यावधिक चुनावमा स्पेनबाट अलग हुने पक्षमा रहेका पार्टीहरुको गठबन्धनले एक सय ३५ सिटको संसदमा ७० सिट जितेका छन् ।
द प्रो–इनडिपेनडेन्स पार्टिज टुग्यादर फर क्याटालोनिया (जेएक्सक्याट), रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (इआरसी) र पपुर युनिटी (सियुपी) ले गरी ७० सिटी जितेका हुन्, यो संसदमा स्पष्ट बहुमत हो । एकै पार्टीमा धेरै सिटी जित्ने दल भने स्वायत्त राज्यको रुपमा क्याटालोनिया स्पेनमै रहनु पर्ने पक्षमा रहेको सिटिजन्स पार्टी रहेको छ । सिटिजन्स पार्टीले ३७ सिट जितेको छ ।
यसले गर्दा क्याटालोनियामा सरकार बनाउनका लागि पहिलो प्राथमिकता सिटिजन्स पार्टीले नै पाउने छ, यदी उसले अरु पार्टीसँग गठबन्धन बनाउन सक्यो भने । तर क्याटालोनियाको स्वतन्त्रताको पक्षमा रहेका पार्टीले गठबन्धन बनाएकोले सरकार उनीहरुले नै बनाउने सम्भावना छ । गएको अक्टोबरमा भएको जनमतसंग्रहमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान भएको थियो ।
यो जनमतसंग्रहलाई स्पेनको केन्द्र सरकार तथा संवैधानिक अदालतले अवैध घोषणा गरेको थियो । त्यसपछि चुलिएको विवादपछि मड्रिड केन्द्र सरकारले क्याटालोनियाको सरकार भंग गर्दै शासन आफ्नो हातमा लिएर मध्यावधिक चुनावको घोषणा गरेको थियो ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...