कलियुगको ‘कृष्ण’ भन्दै दैनिक १० किशोरीको बलात्कार गर्ने बाबा पक्राउ
एजेन्सी, ७ पुस । कलियुगको ‘कृष्ण’ भन्दै १६ हजार पत्नी बनाउने उद्देश्यका साथ दैनिक १० किशोरीको बलात्कार गर्ने एक बाबा पक्राउ परेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा बलात्कारको आरोपमा एक कथित बाबालाई पक्राउ गरिएको हो ।
रोहिणीको विजय विहार क्षेत्रमा आध्यात्मिक विश्वविद्यालयको नाममा आश्रम चलाउँदै आएका वीरेन्द्र देव दीक्षितलाई पक्राउ गरिएको हो । उनले आफूलाई कलियुगको ‘कृष्ण’ बताउँदै आएका थिए ।
बुधबार आध्यात्मिक विश्वविद्यालयमा छापा मारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उच्च न्यायालयमा दीक्षितविरुद्ध मुद्दा दायर गरेकी सीमा शर्माका अनुसार ती कथित बाबाले लागू औषध प्रयोग गरेर दैनिक १० किशोरीलाई बलात्कार गर्दै आएका थिए । किशोरीलाई नग्न बनाएर उनीहरुबाट आफ्नो शरीर मालिस गराउने गरेको पनि सीमाले खुलासा गरेकी छन् । उनले १६ हजार महिलालाई पत्नी बनाउने लक्ष्यसहित शारीरिक सम्बन्ध बनाउँदै आएको पनि बताइएको छ ।
अदालतमा मुद्दा दायर गरेकी राजस्थानकी महिलाका अनुसार उनी ती बाबाको आश्रममा अनुयायी बनेर बसेकी थिइन् । आफ्ना चार छोरीलाई पनि उनले बाबाको भक्तिमा आश्रममै छोडेकी थिइन्, तीमध्ये एक नाबालिग रहेको बताइन्छ । छोरीले आफू बाबाबाट बलात्कृत भएको बताएपछि उनले मुद्दा दायर गरेकी हुन् ।
पीडित महिलाले आश्रममा आउने महिलालाई ‘गोपीनी’ बनाउन भन्दै बाबाले शारीरिक शोषण गर्ने गरेको बताएका छन् । प्रहरीले छापा मार्ने क्रममा आश्रमबाट कयौं किशोरी तथा महिलाको उद्धार गरेको छ ।
आश्रमबाट बाबाकै केही अश्लिल भिडियो र आपत्तिजनक सामानसमेत बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् । भारतमा यसअघि पनि यस्ता धार्मिक बाबाको नाममा यौनहिंसा गर्दै आएका कैयौ व्यक्ति पक्राउ परिसकेका छन् ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...