ताजा समाचार

बालुवाटारमा पहिलो पटक देउवा र ओलीले हात मिलाएपछि…

काठमाडौं, ७ पुस । प्रमुख पाँच दलको बैठक बसिरहेको छ । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच पार्टीका शीर्ष नेताहरुको सहभागीता रहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालको सहभागिता रहेको छ । चुनावमा राष्ट्रिय दल बनेका पाँच पार्टीबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।

बालुवाटारको बैठकमा लामो समयपछि देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । चुनावको वेला एकअर्काको आलोचना र विरोधमा उत्रिएका दुई नेताले आजको बैठकमा भने हात मिलाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org