काठमाडौंका मैतीदेवीमा बस विद्युत पोलमा ठोक्किँदा १७ जना घाइते
काठमाडौं, ११ पुस । काठमाडौंको मैतीदेवीमा विद्युत पोलमा बस ठोक्किँदा १७ जना घाइते भएका छन् । मंगलबार बिहान बा२ख ८७३३ नम्बरको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको हो ।
तीव्र गतिमा आएको सिटी यातायातको बस अनियन्त्रित भई पोलमा ठोक्किएको हो ।दुर्घटनामा घाइते १७ मध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार दोलखाका २६ वर्षीय यज्ञराज खतिवडा, रामेछापका ४५ वर्षीय गंगालाल तामाङ, उनकी श्रीमती ४३ वर्षीय संजिला तामाङ, भारतीय नागरिक भोजहरि अन्सारी, वर्ष ५७ की साबित्री थापा, ५४ वर्षीय हरिशरण फुयाल, काभ्रेकी ४५ वर्षीय च्याङ्वा तामाङ, सुर्खेतकी ३६ वर्षीय कमल महत, सिन्धुपाल्चोक मेलम्भीकी तेजकुमारी चालिसेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यस्तै सप्तरीका ४० वर्षीय भोजबहादुर राई, उनकी श्रीमती ३९ वर्षीय मैनाकुमारी राई, ३९ वर्षीय गीता धिमाल, गोकर्णेश्वरका ६४ वर्षीय नारायणप्रसाद दाहाल, वर्ष २६ की गीता अधिकारी, दोलखाकी ३७ वर्षीय पुर्ध धामी, कागेश्वरी नगरपालिकाकी ३९ वर्षीय माया श्रेष्ठ र एक ७० वर्षीय वृद्धाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...