रोल्पाली महिला, गर्भवती र सुत्केरी अवस्थामा पनि कडा श्रम गर्न बाध्य
उमा केसी रोल्पा, ११ पुस । रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् । तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई छोरीले विद्यालयमा पढिरहेका छन् । उनका श्रीमान्ले पनि लिवाङमै ज्यालामजदुरी गर्छन् । गाडीबाट सामान लोड अनलोडबाट सुमित्राको मासिक कमाइ रु १५ हजार पुग्ने गर्दछ ।
सदरमुकाममा रहेको उच्च माध्यमिक विद्यालयकी विद्यार्थी हुन दिलसरा डाँगी । हाल शिक्षा विषय लिएर कक्षा १२ पढ्दै गरेकी डाँगी बिहानी कक्षा लिएर दिउँसो गाडी लोन अनलोड गर्न जान्छिन् । पढ्नका लागि गाउँबाट सदरमुकाम आएकी दिलसराको आर्थिक अवस्था कमजोर रहेकाले दिउँसोको समय मजदुरी गर्न बाध्य छिन् । गाडी लोड अनलोडबाट रु १०÷१५ हजार मासिक कमाइ गर्दै आएकी दिलसराले खर्च गरेर बचेको पैसा घर पठाउने गर्छिन् ।
बिहान विद्यालय गएर अध्ययन गरेपनि दिनभर मजदुरीमा जानुपर्ने बाध्यताले उनको पढाइलाई समेत असर गरिरहेको छ । भारत गएका श्रीमान् लामो समयसम्म फर्केर नआएपछि उषा परियारलाई चार छोराछोरीको पालनपोषणका लागि ज्याला मजदुरी नगरी सुखै भएन ।
श्रीमान्को कमाइले छोराछोरी पाल्ने सपना देखेकी उषाले भारत पुगेका श्रीमान्ले पैसा पठाउनु त कहाँ हो कहाँ, श्रीमान् नै बेखबर भएपछि साना छोराछोरी बोकेर लिवाङ आउनुको विकल्प भएन । अचेल छोराछोरी विद्यालय पढाइरहेकी उषाले गाडी लोड अनलोड गरेर कमाएको पैसाले जेनतेन घर व्यवहार चलेको छ । उषाको मासिक कमाइ रु १५ हजारभन्दा बढी नै हुने गर्दछ ।
सुमित्रा, दिलसरा र उषा रोल्पाली श्रमिक महिलाका प्रतिनिधि पात्र हुन् । भवन निर्माण, सडक निर्माण, पुल निर्माणजस्ता कार्यमा मात्र हैन गाडीमा लोड अनलोड गर्ने काममा समेत महिलामात्रै देखिन थालेका छन् ।
कडा शारीरिक श्रम गर्ने ठाउँमा महिलाको उपस्थिति बढ्दै गएको देखिएको छ । यसको मुख्य कारण पुरुषको विदेश पलायन भएको नेपाल निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्री बताए । पुरुष जति वैदेशिक रोजगारीमा जाने भएकाले महिला ज्याला मजदुरीका लागि बाध्य भएका छन्, खत्रीले भने ।
विदेश गएका आफन्तको समेत राम्रो कमाइ नहुँदा रोजीरोटीका लागि महिला गह्रौँ शारीरिक श्रम गर्न बाध्य छन्, खत्रीले भने । पुरुषको तुलनामा महिलाले इमान्दारिताका साथ काम गर्ने भएकाले पनि निर्माण कार्यमा महिलाले प्राथमिकता पाउन थालेको खत्रीको बुझाइ छ ।
जिल्लामा अधिकांश महिलाले अदक्ष र जोखिमपूर्ण काम गर्ने भएकाले उनीहरुको शारीरिक सुरक्षा मुख्य चुनौतीका रुपमा देखिएको खत्रीले बुझाइ छ । विदेश गएका श्रीमान्को राम्रो कमाइ नहुने तथा कमाइ भए पनि घरमा पैसा नपठाउने समस्या रहेकाले रोल्पाली महिला कडा शारीरिक श्रमयुक्त काम गर्न बाध्य भएको महिला अधिकारकर्मी तीर्था आचार्यको बुझाइ छ ।
महिनावारी, गर्भवती र सुत्केरी अवस्थामा महिलाको शरीर निकै कमजोर हुने भए पनि रोल्पाका श्रमिक महिलाले त्यस्तो अवस्थामा समेत काम गर्न बाध्य भएको आचार्यको भनाइ छ । कडा शारीरिक श्रम गर्ने महिलाले पोषणयुक्त खानाको त के कुरा समयमै र पेटभरि खानसमेत पाउँदैनन् आचार्यले भने ।
कडा शारीरिक श्रम गरी परिवार पाल्न बाध्य त्यस्ता महिलाका लागि सिपमूलक तालीमको व्यवस्था गर्नुपर्ने आचार्यको भनाइ छ । दैनिक १९ जना रोल्पाली रोजगारीका लागि खाडी जाने गर्दछन् ।
स्वदेशमा भरपर्दो राजगारी नपाएका कारण विदेशिने त्यस्ता रोल्पालीमध्ये ८० प्रतिशत बढी २० देखि ४० वर्ष उमेर समूहका छन् । श्रमयुक्त जनशक्ति विदेसीएसँगै रोल्पाका अधिकांश घरमा महिला बालबालिका र वृद्धवृद्धा मात्रै देखिने गर्दछन् ।
अदक्ष कामदारको रुपमा अधिकांश रोल्पाली विदेश जाने गरेका छन् । समयमा तलब नपाउने, तलब कम पाउने, समय समयमा बिरामी भइरहने समस्यासमेत रहेको बताइन्छ । पुरुष विदेश गएसँगै खेतबारी खनजोतको कामसमेत महिला र वृद्धवृद्धाले गर्नुपर्ने भार थपिएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...