ताजा समाचार

रानीपोखरी विवाद झन चर्कियोः उपमेयरले बिहान ताला लगाए, मेयरले दिउँसो फोडे

काठमाडौं, ११ पुस । मंगलबार बिहान काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीको गेटमा लगाएकी ताला दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । बिहान रानीपोखरी अवलोकनको क्रममा रानीपोखरी पुगेकी उपमेयर खड्गीले ‘पुरातत्वको स्वीकृति विना बनेको रहेछ’ भन्दै ताला लगाएकी थिईन् । तर दिउँसो मेयर शाक्यले नगर प्रहरीको सहयोगमा ताला तोडेका हुन् ।

यो संगै रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौंका मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ ।मौलिक स्वरुप समाप्त गरेर रानीपोखरीको पुनर्निर्माण भैरहेको भन्दै उपमेयरसँगै संरक्षणकर्मी पनि ताला लगाउन रानीपोखरी पुगेका थिए ।

ताला तोडेपछि मेयर शाक्यले रानीपोखरीमा यसबारेमा स्थानीयबासीसँग छलफल गरेका छन् । भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको क्रममा कंक्रिट प्रयोग भएकोमा आलोचना भइरहेको छ । मेयर शाक्यले भने ईन्जिनियरको प्रतिवेदन अनुसार नै कंक्रिट प्रयोग भएको बताएका छन् । उनले भने, ‘ईन्जिनियरको रिपोर्टमा पानी रोक्न कंक्रिट प्रयोग गर्नुपर्ने देखिएको छ, त्यही भएर पानी रोक्न कंक्रिय प्रयोग भएको हो ।’

उपमेयर हरिप्रभा खड्गी

तर उपमेयर खड्गी भने कंक्रिट प्रयोग नभई पुर्नःनिर्माण हुनुपर्नेमा जोड दिईन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसावले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको ठूलो भीड भने त्यहाँ जम्मा भएको देखेको थिएँ ।’

उनले रानीपोखरीजस्तो सम्पदामा क्रंक्रिट प्रयोग गर्न नहुने दोहोर्‍याइन् । त्यहाँ क्रंक्रिट प्रयोग गर्न पुरातत्व विभागले स्वीकृति दिएको भनिएकाले त्यस विषयमा पुनर्विचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

http://news-nepal.com/716672/

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org