ताजा समाचार

गाउँको नामाकरण गर्ने विषयमा दक्षिण सुडानमा दुई समुदायबीच झडप हुँदा २० को मृत्यु

काठमाडौं, १३ पुस । दक्षिण सुडानको जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । घटनामा परी १८ जना घाइते भएका छन् । एक गाउँको नामाकरण गर्ने विषयमा विवाद हुँदा यति ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ । पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ ।

जोङले राज्यमा लामो समयदेखि जातीय दंगा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन् । गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org