ताजा समाचार

नाइट क्लव डेजाभु तोडफोड काण्ड मिलाउन देउवादेखि ओलीसम्म गुहार

काठमाडौं, १३ पुस । गत पुस ५ गते नाइट क्लव डेजाभुमा भएको घटनालाई लिएर क्रिकेट खेलाडी पृथु बास्कोटासहित ८ जना हिरासतमा छन्। ठगीको अभियोग लगाउँदै अदालतको अनुमति लिएर महानगरीय प्रहरी परिसरले यिनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

भर्खरै सकिएको क्रिसमस र आउँदै गरेको नयाँ वर्ष २०१८ मा भब्य कमाउने लक्ष्य राखेका क्लब डेजाभुका संचालकहरु हिरासतमा हुँदा क्लब शून्य हुनु सामान्य नै हो। तर, यसका सञ्चालक चुप लागेर बसेका छैनन् उनीहरुको दौडधुप भने असामान्य छ।

क्लवका संचालक भनिएका राम गिरी लगायत अन्य संचालक अहिले प्रधा केहि दिन अगाडि उनीहरुले प्रधानमन्त्री देउवा र ओलीका सहयोगीलाई भेटेर हिरासत मुक्त गरिदिन आग्रह गरेको प्रहरी स्रोतले जानकारी दियो। बास्कोटासँगै राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र क्लबका क्याप्टेन आकाश न्यौपाने हिरासतमा छन्। स्रोतले भन्यो, ‘केही रकम खर्च गरेर भए पनि उनीहरुलाई हिरासत मुक्त गर्ने कसरत भइरहेको छ।’

क्लब समूहले राजनीतिक दलका नेतामात्र होइन नेपाल प्रहरीका उच्च अधिकृतलाई समेत विवाद मिलाउनका लागि आग्रह गरेका छन्। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्र धानुक भने कसैको दवावमा आएर काम नगर्ने बताउँदै आएका छन्। उनले भने, ‘कानुन अनुसार नै अनुसन्धान प्रकृया अगाडि बढिरहेको छ।’

कार्यक्रम आयोजना गर्ने मुख्य व्यक्ति रवीन गुरुङ भने अझै फरार रहेका छन्। रवीन नै मार्सेमेलो ल्याउनेदेखि टिकटको व्यवस्थापन गरेको बताउँदै आएका छन्। आयोजकले मार्समेलो कार्यक्रममा सहभागी हुने भन्दै ३ हजार देखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए। तर, कार्यक्रममा आफू अस्वस्थ्य भएको भन्दै मार्समेलो नआएपछि आक्रोसित समूहले क्लब तोडफोड गरेको थियो।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org