हर्मोनलाई यौनमा स्खलित गर्ने कि कलामा ? योगी विकासानन्दको विश्लेषण
काठमाडौं । यौन प्राकृतिक आवश्यक्ता हो, जो महिला र पुरुष दुबैमा हुन्छ । जब यौन चाहाना जाग्छ, महिलाहरुमा कजेस्टोरेन र पुरुषहरुमा टेस्टोटेरेन नामक हर्मोन स्राव हुन्छ । यी दुबै हर्मोनले यौनमा उत्तेजना ल्याउँछ । साथसाथै अर्को वैज्ञानिक तथ्य के पनि छ भने, यी हर्मोनले हाम्रो जीवनलाई सक्रिय र रचनात्मक बनाउन सहयोग गर्छ ।
यसको अर्थ हो, यौन जोडीलाई यी हर्मोनहरुले एक अर्कामा प्रेम गर्न र शारीरिक-मानसिक आनन्दका लागि उक्साउने काम गर्छन् । अन्य अवस्थामा कुनै न कुनै कामलाई सिर्जनात्मक रुपमा अघि बढाउन मद्दत गर्छन् ।
यौनः मनोरञ्जन र सिर्जना
यौन मनोरञ्जनको साधन हो । प्रेम प्रकटिकरण गर्ने अवस्था पनि र यौन सिर्जनाको श्रोत पनि हो । धरहरा बनाउने चाहाना र सन्तान उत्पादन गर्ने चाहानाका बीचमा खासै तात्विक अन्तर छैन । जसले धरहरा बनाए, उनीहरुमा र जसले सन्तान मात्र जन्माए, अरु केही गर्न सकेनन्, उनीहरुमा पनि एकै प्रकारको सिर्जनात्मक हर्मन थिए ।
सक्नेले ताज महल बनाएर पनि सन्तुष्ट हुन सकेनन् नसक्नेले सन्तान जन्माएर पनि सन्तुष्ट भए । तर केही गर्न उक्साउनु र ती सिर्जना भैसकेपछि आनन्दको महसुस हुनु यिनै हर्मोनको काम हुन् ।
यौनभन्दा माथि के छ ?
महिला र पुरुषमा हुने यि सिर्जनात्मक हार्मोनहरुबाट कला, विज्ञान र अध्यात्मको जन्म हुन्छ । यी हार्मोन तलतिर बग्यो भने यसले सन्तान उत्पादनको काम गर्छ । यौन आकांक्षामा बृद्धि हुन्छ । रमाइलो गर्न मन लाग्छ ।
तर यहि हार्मोनहरु माथि तिर अर्थात उर्द्धगमनतिर गयो भने यसले सिर्जनात्मक काम गर्छ । सिर्जना भित्र कलापर्छ । कलाभित्र साहित्य, संगीत र विभिन्न किसिमका कला पर्दछन् । अझ माथि गयो भने मानिस विशिष्ट किसिमको वैज्ञानिक बन्न थाल्छ । उसमा गम्भीर तह सोच्ने शैलीको विकास र अनुसन्धान गर्ने जाँगर बढ्न थाल्छ ।
अझ माथि गयो भने मानिस ऋषी हुन्छ । अध्यात्मिकको शिखर पुरुष बन्छ । यहि कारण सामान्य मानिसलाई भन्दा कवि-कलाकारलाई मानिसले माथिल्लो वर्गमा राख्छन् र उनीहरुलाई सम्मान गर्छ । अझ माथि गयो भने मानिस वैज्ञानिक बन्छ, उसले धेरैलाई सुख(सुविधाको सरल माध्यम बनाइदिन्छन् । (भलै केही वैज्ञानिक अनुसन्धानले युद्ध जस्ता नकारात्मक सामग्री पनि उत्पादन गरेका छन् । तर ती वैज्ञानिकको उद्देश्य कसैलाई नष्ट गर्ने बस्तु बनाउने होइन ।) अझ त्यसभन्दा पनि माथि यो हार्मोन गयो भने मानिस बुद्ध बन्छ, कृष्ण बन्छ ।
लियोनार्दो, बिवाह र सिर्जनाः
उदाहरणका लागि लियोनार्दो दा भिन्चीलाई हेर्न सकिन्छ । लियोनार्दो दा भिन्चीले सिर्जना गरेको मोनालिसा विश्वचर्चित छ । उनले विवाह नै गरेनन् । विवाह गर्ने आवश्यकता नै ठानेनन् । उनको त्यो टेस्टोटेरेन हार्मोन सधैं कलाको रुपमा हृदयमा आइरह्यो ।
उनलाई कसैले विवाह किन नगरेको भन्ने प्रश्न सोधेका थिए । उनले भनेका थिए, ‘मलाई विवाह गर्ने बारेमा सोच्ने फुर्सदै भएन ।’ जसलाई विवाहको बारेमा सोच्ने फुर्सद नहुनुको कारण नै उनमा भएको सिर्जनात्मक हार्मोन यौनमा नगएर त्यो भन्दा माथि गयो ।
हर्मोनलाई यौनमा स्खलित गर्ने कि कलामा ?
हामी पनि हाम्रो टेस्टोटेरेन अथवा कजेस्टोरेन हार्मोन यौनमा स्खलित नगरेर कला, विज्ञान र अध्यात्ममा परिवर्तन गर्न सक्छ । यसका लागि केही उपाय छन् । जसलाई डा. योगी विकासानन्दले मिठो गरेर प्रस्ष्टाएका छन् ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...