ताजा समाचार

नेपालगञ्जबाट बाघको हड्डीसहित ३ जना पक्राउ

नेपालगञ्ज, १४ पुस । बाघको हड्डीसहित ३ जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले दाङबाट बाघको हड्डीसहित ३ जनालाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी सहायक निरीक्षक संञ्चित केसीको नेतृत्वमा गएको प्रहरी टोलिले आज बिहान बबई गाउँपालिका ४ हापुरेबाट बाघको हड्डीसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बबई गाउँपालिका—४ सुन्दरखाल निवासी ५९ बर्षीय पुर्णबहादुर हमाल, सोही ठाउँका ५० बर्षिय काशीराम विक र सल्यान त्रिबेणी गाउँपालिका—१ क ४५ बर्षीय चन्द्रबहादुर ओली रहेका छन् । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय खिलतपुरमा बुझाइएको ५ नम्बर प्रहरी ब्यूरो नेपालगन्जले जनाएको छ । विशेष सुराकीका आधारमा नेपालगन्जबाट गएको ब्यूरो टोलिले उनीहरुलाई बबई गाउँपालिका—४ हापुरेबाट नियन्त्रणमा लिएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org