ताजा समाचार

कांग्रेसलाई लक्षित गर्दै केपी ओलीले भने, ‘क्याङक्याङ कुङकुङ गर्दैमा केही हुँदैन, अब नेपाल अगाडि बढ्छ’

काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब देश विकासको गतिमा अगाडि बढ्ने बताएका छन् । संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका हुन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘जनताले लडेर ल्याएको संघीय गणतन्त्र आएको छ, संविधान बनेको छ, निर्वाचन सम्पन्न भएको छ । अलिअलि क्याङक्याङ कुङकुङ त हुन्छ, तर त्यसले केही गर्न सक्दैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’

वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने ओलीले बताए । माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने ओलीले बताए । अब बन्ने वामपन्थी सरकारले अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा लाग्ने उनले बताए ।

वामपन्थीहरुले बहुमत पाएकाले अब केन्द्र र स्थानीय तहमा समेत काम गर्ने वातावरण बनेको हुनाले देश विकासको बाटोमा अघि बढ्ने ओलीले बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘कमसेकम ६ वटा प्रदेशमा कसैले केही गर्न सक्दैन, स्थानीय तहमा अधिकांश हामीले जितेका छौं । अहिले काम गर्ने वातावरण छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org