ताजा समाचार

महाराजगञ्जको एक स्कुलभित्रै १० कक्षामा पढ्ने छात्राको छतमा लगेर बलात्कार, घटना बताए मार्ने धम्की

काठमाडौं, १५ पुस । महाराजगञ्जको एक स्कुलको काठाभित्रै एक छात्रा बलात्कारको सिकार भएकी छन् । स्कुलकै कर्मचारीले छात्रामाथि बलात्कार गरेका हुन्। घटना एक महिनाअघिको भएपनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अभियुक्त सुजन श्रेष्ठलाई पक्राउ गरी कारबाही अघि बढाएको हो। स्कुलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएका छिन्। १० कक्षामा पढ्ने ती छात्रा स्कुलकै होस्टेलमा बस्थिन् ।

साँझको समयमा छतमा लगेर आफुमाथि बलात्कार गरेको उजुरीमा छ। बहाना बनाएर छतमा बोलाएको र बलात्कारगरेपछि कसैलाई नभन्न धम्की दिएको पीडितको उजुरीमा उल्लेख छ।

अभियुक्त श्रेष्ठ सोही स्कुलको ब्याईज होस्टलमा कार्यरत थिए। सुरुमा घटना गोप्य राखिएकोमा परिवारले थाहा पाएपछि गत आइतबार प्रहरीमा उजुरी दिएका हुन्। अभियुक्त सोही स्कुलको यातायात शाखामा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

फाईल फोटो

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org