ताजा समाचार

निर्वाचन आयोगको भूमिकाप्रति एमालेको आशंका, देउवा सत्ता लम्ब्याउने खेलमा लागेको आरोप

काठमाडौं, १६ पुस । नेकपा एमालेले निर्वाचन आयोगको भूमिका प्रति आशंका व्यक्त गरेको छ । आयोगले कतैको दबाबमा परेर प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणाम राखेको राखेको बताएको हो । निर्वाचन मत परिणाम रोकेर ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा आयोगले सत्तापक्षलाई सहयोग गरिरहेको आरोप लगाएको हो ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले बताए ।

आयोगको ढिलाई अचम्म लाग्दो रहेको टिप्प्णी गरे । ‘मैले बुझेसम्म उहाँहरु अघि बढीसक्नुभएको थियो’ नेम्वाङले भने, ‘त्यहाँका कर्मचारी संयन्त्रले प्रक्रिया बमोजिम सिटहरु बाँडफाँड लगायत सम्पूर्ण दस्ताबेज प्रमुख आयुक्त र आयुक्तहरुलाई ६ दिनअघि नै बुझाइसकेको छ । तर आयोगले किन रोक्यो ?’

नेम्वाङले समानुपातिक सिट वितरणसँगै सम्पूर्ण निर्वाचन परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपतिलाई बुझाउनुपर्नेमा आयोगले आलटाल गरिरहेको बताए । उनले भने, आयोगले किन यस्तो गरिरहेको छ ? जनताले प्रश्न उठाएका छन् । तत्काल प्रतिनिधिसभाको सबै परिणाम घोषणा गरेर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’

निर्वाचन आयोगले भने राष्ट्रियसभा निर्वाचनपछि मात्र समानुपातिक सिट बाँडफाँट गर्ने तयारी गरेको छ । नेम्वाङले प्रधानमन्त्री शेरवहादुर देउवा अझै दुई चार महिना आफ्नो सत्ता लम्ब्याउने खेलमा लागेको आरोप समेत लगाएका छन् । राष्ट्रियसभाको निर्वाचन पनि मै गराउँछु भन्नु, निर्वाचन आयोगलाई परिणाम घोषणाबाट रोक्नु जस्ता गतिबिधिले सत्ता लम्ब्याउने चाहना प्रष्ट भएको उनले बताए ।

‘मैले आरोप लगाउन चाहेको होइन, तर उहाँहरु बिभिन्न बहाना र निहुँ बनाएर सत्ता लम्ब्याउन खोजिरहनुभएको छ,’ नेम्वाङले भने, ‘राष्टियभाको निर्वाचन उहाँले गराउने कुरा कहाँ लेखिएको छ ? निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणामपश्चात राष्ट्रपतिलाई प्रतिवेदन दिनुपर्छ । त्यसपछि प्रतिनिसधाले बैधता पाउँछ, त्यस आधारमा राष्टपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ र राष्ट्रियसभा निर्वाचन संविधान बमोजिम हुन्छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org