ताजा समाचार

नयाँ सरकार गठनको तयारीकै बेला प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आईतबार बिहान ललिलपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा नयाँ शक्तिकी नेत्रि हिसिला यमि पनि सहभागी थिइन् ।

भेटमा आर्थिक विकास र सुशासनका विषमा कुराकानी भएको बताइएको छ । चुनावअघि वाम गठबन्धनमा आवद्ध भएर पनि बाहिरिएका भट्टराईको प्रचण्डसंगको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । नयाँ सरकारमा बाबुरामलाई पनि सहभागी गराउने हल्लालाई आजको प्रचण्डसंगको भेटले थप रहस्यमय बनाइदिएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org