ताजा समाचार

सामान्य विवादमा चिर्पटले हानेर श्रीमानको हत्या

गोरखा, १६ पुस । गोरखामा चिर्पटले हानेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । भीमसेन गाउँपालिका ८ बोर्लाङमा ६५ बर्षीय हिरादेवी श्रेष्ठले ६८ बर्षका श्रीमान केयरमान श्रेष्ठलाई चिर्पटले हानेर हत्या गरेकी हुन् ।

शनिबार बेलुकी उनीहरुबीच विवाद भएको थियो । विवादकै क्रममा चिर्पटले हानेर हत्या गरेकी हुन्। प्रहरी समक्ष हिरादेबीले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए। हिरादेवीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org