ताजा समाचार

संखुवासभाका सबै पतपेटिका सर्वोच्च अदालत लगियो, अब के होला ?

संखुवासभा, १६ पुस । संखुवासभाका सबै मतपेटिका काठमाडौं लगिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार सबै मत पेटिकाहरु काठमाडौं लगिएको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ । संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका राजेन्द्र गौतम विजयी भएका थिए ।

गौतमसँग १ हजार ४० मतान्तरले पराजित भएका नेपाली कांग्रेसका दीपक खड्का पुनः मतगणनाको माग गर्दै सर्वोच्च पुगेका थिए । उनको रिटमा सुनवाई गर्दै सर्वोच्चले सबै मतपेटिका काठमाडौं झिकाउँन आदेश दिएको थियो ।

मतगणनामा धाँधली गरेर विजयी घोषणा गरिएको भन्दै खड्काले पुनः मतगणना गर्न गरेका थिए । गएको साता सर्वोच्च अदालतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई अदालत उपस्थित हुन आदेश दिएको थियो भने सबै मत पेटिका राजधानी ल्याउन आदेश दिएको थियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org