ताजा समाचार

चुनावमा नतिजाप्रति देउवाले टिप्पणी, ‘म बुढो त निराश भएको छैन् तपाईहरु किन ?’

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाएका छन् । उनले चुनावको परिणाम हेरेर निराश नहुन पनि कार्यकर्तालाई आह्वान गरेका छन् । “चुनावको परिणाम हेरेर युवा नै किन निराश भएको ? म बुढो त निराश भएको छैन । समानुपातिकमा त राम्रै मत आएको छ ।” उनले अन्तर्घात गर्नेलाई कारवाही गर्ने पनि बताए ।

नेविसंघले मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रममा उनले भने, “चुनावमा हार्नुको कारण के हो उच्चस्तरीय छानविन समिति गठन गर्छु । स्थानीय निकायमा अन्तर्घात गर्नेलाई कारवाही नगरेका कारण अहिले धेरै अन्तर्घात भयो । अन्तर्घात गर्नेलाई कडा भन्दा कडा कारवाही हुन्छ । छानविन निष्पक्ष तरिकाले हुन्छ ।”

उनले पार्टीभित्र आफ्नो आलोचना गर्नेको पनि विरोध गरेका छन् । “पार्टीभित्र मेरो विरोध गर्नेले बुझुन्, आफू हार्ने अनि मेरो विरोध गर्ने ?,” उनको भनाई थियो, “अहिले तत मम गरेर कोही बलियो पनि हुँदैन । केही हुनेवाला पनि छैन । हाम्रै कारणले हाम्राले हामीलाई हराएको हो ।”

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org