उम्मेदवारहरुले अझै बुझाएनन् निर्वाचन खर्च, ओली देखि देउवा हुँदै प्रचण्डसम्म कारबाहीमा पर्न सक्ने
काठमाडौं, १७ पुस । निर्वाचन आयोगले निर्वाचनमा लागेको खर्च विवरण नबुझाउँने राजनीतिक दलहरुलाई कारबाहीको तयारी थालेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका मध्ये अहिलेसम्म चार जना उम्मेदवारले मात्र निर्वाचनका क्रममा भएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
मुगुका राजबहादुर लाभ, हिरामती विक, तिलकबहादुर मल्ल र हस्तबहादुर मल्लले मात्र आयोगमा खर्च विवरण पेश गरेका निर्वाचन आयोगका प्रवक्ता दिशेनकुमार घिमिरेले जानकारी दिए । निर्वाचन आयोगले सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा पनि खर्च विवरण पेश गर्न सकिने बताएको छ ।
अन्तिम परिणाम आएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण आयोग वा आयोगले तोकेको कार्यालयमा पेश गर्नुपर्ने ऐनको प्रावधान छ। तर सबै पार्टीका ठुला नेताले समेत बुझाएका छैनन्। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले पनि अहिले सम्म खर्च विवरण बुझाएका छैनन् ।
सम्वन्धित जिल्ला तथा क्षेत्रीय निर्वाचन कार्यालयमा पनि विवरण पेश गर्न सकिनेछ। अन्तिम मतपरिणाम प्राप्त भएको तीन साता भइसकेको छ। संविधान जारी भएपछि पहिलो पटक मंसिर १० र २१ दुई चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन भएको थियो।
प्रतिनिधिसभातर्फ राजनीतिक दल र स्वतन्त्र गरी दुई हजार ६५ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए भने प्रदेशसभामा तीन हजार ४५० उम्मेदवारले भाग लिएका थिए। त्यस्तै ४९ दलले समानुपातिक निर्वाचनमा भाग लिएका थिए। अहिलेसम्म उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन चासो नदिएपछि आयोगले तत्काल खर्च विवरण पेश गर्न सूचना जारी गरेको छ।
खर्च विवरण नबुझाए के हुन्छ ?
राजनीतिक दल वा उम्मेदवार निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी र खर्चको विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्ने हुन्छ। आयोगका प्रवक्ता घिमिरेले भने, निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले निर्वाचन कसुर र सजाय ऐन अनुसार जरिवाना गराउँछ। उनले भने, ‘राजनीतिक दल र उम्मेदवारले सबैको जानकारीको लागि खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनमै गरेको छ।’ आयोगले संघीय कानुन बमोजिम निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार रुपैयाँसम्म जरिवाना गरी मनासिव समय तोकेर त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्नेछ।
तोकिएको समयमा पनि विवरण नबुझाउनेलाई आयोगले ६ महिनसम्म पटकपटक विवरण बुझाउन ताकेता गर्नेछ। निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गराए अयोग्य ठहर हुनेछ। उसले अर्को निर्वाचनमा भाग लिन नपाउने पनि हुन सक्ने घिमिरेले बताए। प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचनमा भाग लिएका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ। यस्तै, प्रदेशसभाका लागि १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...