ताजा समाचार

प्रचण्डले ओलीलाई भने, अहँ हुँदैन् ! ‘दुई हातमा लड्डु’ प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक रोज्नुहोस्

काठमाडौं, १७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद एमालेले नै पाउनुपर्ने दावी गरिरहेका बेला प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । प्रचण्डले एमाले अध्यक्ष ओलीलाई दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको नेता देवेन्द्र पौडेलले खुलासा गरेका छन् ।

‘माओवादी आफैँले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वाम गठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाइपछि एक पद लिने प्रचण्डले मनस्थिति बनाउनुभएको छ,’ पौडेलले भने । सम्मानजक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डले निकटस्थ नेताहरूले बताउँदै आएका छन् ।

‘प्रतिनिधिसभामा तेस्रो शक्तिका रूपमा सिट जित्नु राम्रै पोजिसन हो, एमाले सम्मानजनक एकताका लागि तयार नभए असहजता पैदा हुन पनि सक्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘धेरैजसो प्रदेश सभामा माओवादी किङ मेकर नै छ, त्यसैले माओवादी लत्रिएर एकताका लागि हतारिहाल्नुपर्ने आवश्यकता छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org